डा. केसीलाई काठमाडौं ल्याइदै, अस्पतालबाट सैनिक व्यारेक पुर्याइयो
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत २० दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई केही बेरमा काठमाडौं ल्याइदै छ। उनलाई अनसन स्थलबाट जुम्लास्थित खलंगा सदरमुकाममा रहेको नेपाली सेनाको भगवती दल गणमा पुर्याइएको छ।
केसीलाई ल्याउन सेनाको हेलिकप्टर आजै जुम्लामा अवतरण गरेको थियो।
यसअघि केसीले सैनिक हेलिकप्टरबाट काठमाडौं आउन अस्विकार गरेका थिए। तर, विहिबार बिहान अस्पतालमा उनका समर्थक र प्रहरीबीच झड्प भएपछि स्थितिलाई तनावरहित बनाउन केसीले जुम्ला छाँड्ने निर्णय गरेका थिए।
नेत्र शाही, जुम्ला