युभेन्ट्समा आवद्ध भएपछि रोनाल्डो चीन भ्रमणमा
युभेन्ट्समा आवद्ध भएको एक साता नबित्दै पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चीनको भ्रमणमा निस्किएका छन्।
उनको यो वार्षिक कार्यक्रमअन्तर्गत रहेको बताइएको छ। पछिल्लो समय एसिया महादेशमा रहेका आफ्ना समर्थकलाई रिझाउन उनले वार्षिक रुपमा ‘सिआर७’ भ्रमण गरिरहेका छन्। रोनाल्डो आफू आवद्ध व्यापारिक कम्पनी नाइकको विशेष विमानद्वारा बुधबार चीनतर्फ लागेका थिए। उनले आफू चीनतर्फ लागेको तस्बिर १ सय ३५ मिलियन फलोअर्स रहेको सोसल मिडियामार्फत सार्वजनिक गरेका थिए।
३३ वर्ष रोनाल्डोका लागि युभेन्ट्सले गत साता स्पेनिस क्लब रियल म्याड्रिडलाई १० करोड युरो खर्चेको थियो। युभेन्ट्सले सार्वजनिक गरेको रोनाल्डोको ७ नम्बर जर्सी २४ घण्टाभित्र ६ करोड डलर बराबर विक्रि भइसकेको छ।