सिभिल बैंक र इन्टरनेशनल लिजिङ्गको एकीकृत कारोवार सुरु
सिभिल बैंक लिमिटेड र इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी लिमिटेडले १ कात्तिकदेखि संयुक्त कारोबार सुरु गरेका छन् ।
नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाटस्वीकृती प्राप्त भएप्छि संयुक्त कारोबार सुरु गरिएको जनाएको छ । मर्जरपछि बैंकको नाम सिभिल बैंक नै रहेको र बैंकको संचालक तथा उच्च व्यवस्थापनमा पनि कुनै परिर्वतन नभएको बैंकले जनाएको छ । यो मर्जर पश्चात बैंकको शाखा संख्या ५१ पुगेको छ ।
त्यस्तै रु.२३ करोड चुक्ता पूँजी रहेको युनिक फाईनान्स र रु.२२ करोड चुक्ता पूँजी रहेको हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको सिभिल बैंकको चुक्तापुँजी यो खरिद पछी रु ५ अर्ब ५४ करोड पुग्ने जनाएको छ ।
यस मर्जरबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए ।