सरकार कत्ति पनि संवेदनशील भएनः डक्टर्स सोसाइटी अफ नेपाल
प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर मोडमा पुगिसक्दा पनि सरकारमा आवश्यक संवेदनशिलता नदेखिएको भन्दै डक्टर्स सोसाइटी अफ नेपालले आपत्ति प्रकट गरेको छ ।
“अनसनरत डा के सी को स्वास्थ्यमा गम्भीर जटिलताका संकेत देखिसकिएकले यस सोसाईटी प्राडा केसीको जीवन रक्षाका लागि सम्पूर्ण सरोकारवालाहरु संवेदनशिल हुन जोडदार माग गर्दछ ।” सोसाइटीकी महासचिव तोषिमा कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सोसाइटीले कुनै पनि बहानामा बिलम्ब नगरि सम्पूर्ण सरोकारवाला पक्षले यथाशिघ्र वार्ता बाट निकास दिन र प्राडा केसी को जीवन रक्षा गर्न आग्रह गरेको छ ।
डा केसीका मागबारे चर्चा भइरहँदा मेडिकल कलेजको स्थापना र सम्बन्धनमा मात्र केन्द्रित हुनु तर, माथेमा आयोगको प्रतिवेदन र प्रा डा केसी ले उठाएका अन्य महत्वपूर्ण मागहरुलाई ं चर्चामा नल्याइनु पनि बिडम्बना रहेको सोसाइटीको ठहर छ ।
प्रा डा केसी को जीवन रक्षार्थ हाल सम्म पनि गम्भीर र ठोस पहलकदमी सरकार पक्षबाट न आएकाले नेपाल चिकित्सक संघले आह्वान गरेको बिरोधको कार्यक्रम प्रति आफ्नो समर्थन रहेको र यसबाट आउने परिणामका निम्ती राज्यका सम्बन्धित निकायहरु नै जिम्मेवार रहने पनि सोसाइटीले जनाएको छ ।
साथै चिकित्सक संघका सम्पूर्ण क्रयकर्महरूमा सक्रिय सहभागीताका लागि सबै चिकित्सकहरूलाई सोसाइटीले आग्रह गरेको छ ।
डा गोविन्द केसी बचाउ आभियान अन्तर्गत ४ साउन, शुक्रबार माइतीघर मण्डलामा आयोजना हुने ‘क्यान्डल लाइट सोलिडारिटी’ मा सरिक हुन र केसीको जीवन रक्षाका लागि देशभर अभियान चलाउन पनि सोसाइटीले आग्रह गरेको छ ।