विराटनगरः रेष्टूराँमा आगलागी
विराटनगर १२ पाञ्चाली रोडमा रहेको पाञ्चाली गीत गजल रेष्टूराँमा ३ साउन बिहान आगलागी भएको छ ।
विद्युत सर्ट भई आगलागी हुंदा रु ६० लाख बराबरको क्षति भएको छ ।
नविन घिमिरेको घरमा सञ्चालित रेष्टूराँमा बिहान ४ बजे पंखाबाट निस्किएको आगोे सल्किएको थियो । आगोले एयरकण्डीसन जलेपछि मात्रै आपूmलाई थाहा भएको त्यहीँ सुतेका गार्ड वीरबहादुर भुजेलले बताए ।
आगलागीबाट फर्निचर, एयरकण्डीसन, म्युजिक सिस्टम, नृत्य कलाकारका पहिरन लगायतका सामाग्री नष्ट भएको सञ्चालक योगेश श्रेष्ठले बताए ।
दमकल, प्रहरी र स्थानीयबासीले बिहान साढे ५ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कमल रिमाल