विराटले तोडे २७ वर्ष पुरानो डिन जोन्सको कीर्तिमान
भारतले इङ्ल्यान्डविरूद्धको एकदिवसीय शृंखला १–२ को अन्तरले गुमायो तर कप्तान विराट कोहलीका लागि यो शृंखला उपलब्धिमुलक नै रहेको छ। विराटले एकदिवसीय वरियतामा आफूलाई झन बढी मजबुत बनाएका छन्। उनले करिअरकै सर्वश्रेष्ठ ९ सय ११ अंक हात पार्ने क्रममा एकदिवसीय वरियतामा आफूलाई बलियो स्थितिमा ढालेका हुन्।
विराटसँगै कुलदीप यादव पनि एकदिवसीयको छैटौं स्थानमा पुगेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सार्वजनिक गरेको विज्ञप्तीमा विराटले इङ्ल्यान्डसँगको शृंखलामा ७५, ४५ र ७१ को इनिङ खेले। यसबाट उनले दुई अंक मात्र प्राप्त गरेका छन्। तर,उनका लागि ९ सय ११ रेटिङ अंक जोड्न पर्याप्त थियो।
यसअघि एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै अंक अस्ट्रेलियाका डिन जोन्सको नाममा थियो। जोन्सले १९९१ मा ९ सय १८ अंक बटुलेका थिए। एकदिवसीयमा इङ्ल्यान्ड १ सय २७ अंकसहित शीर्ष स्थानमा छ। भारत एक अंकले इङ्ल्यान्डभन्दा तल छ। भारत १ सय २१ अंकका साथ दोस्रो स्थानमा छ। चाइनामेन कुलदीप यादव पहिलो पल्ट एकदिवसीयको शीर्ष १० स्थानभित्र प्रवेश गर्न सफल भएका हुन्।
भारतका जसप्रित बुमराह शीर्ष स्थानमा छन्। रासिद खान दोस्रो, इमरान ताहिर सातौं, आदिल रासिद आठौं र युजवेन्द्र चहल दसौं स्थानमा छन्।
ब्याटिङमा इङ्ल्यान्डका जो रुट दोस्रो स्थानमा छन्।
एजेन्सी