अर्थ/बजारबुधवार, श्रावण २, २०७५

क्रिकेट कप्तान पारस र भलिबल स्टार माली सेन्चुरी बैंकको सद्भावना दूत

हिमालखबर

 

सेन्चुरी कमर्सियल बैंकले राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र भलिबल खेलाडी प्रतिभा मालीलाई सद्भावना दूत घोषणा गरेको छ।

बुधबार राजधानीमा एक कार्यक्रममार्फत दुई खेलाडीलाई सद्भावना दूत बनाएको हो। सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, सहायक कार्यकारी अधिकृत जीवन भट्टराई, मार्केटिङ प्रमुख रञ्जन खड्कालगायतको उपस्थिती रहेको कार्यक्रममा पारस खड्कालाई ब्याट र प्रतिभा मालीलाई बल हस्तान्तरण गरेर औपचारिक घोषणा गरियो।

एकदिवसीय मान्यता पाएपछि पहिलो खेल खेल्न विहिबार इंग्ल्याण्ड जान लागेका पारस खड्काले सेन्चुरी बैंकले खेलक्षेत्र रोजेकोमा धन्यवाद प्रकट गरे। ‘खेलकुद विकासमा ब्यवसयिक प्रतिष्ठानको ठूलो महत्व हुन्छ। सेन्चुरी बैंकको साथ पाएको छु, अब हुने खेलमा सेन्चुरी हान्न सकुँ,’ पारसले भने।

नेपाली भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी प्रतिभा मालीले बैंकको प्रमोसनका लागि सक्दो सहयोग गर्ने प्रतिक्रिया दिइन्। ‘सेन्चुरी बैंकको यो कार्यले आउँदो पुस्तालाई समेत प्रेरित गर्छ,’ प्रतिभाले भनिन् । बैंकले दुबै खेलाडीलाई एक वर्षको सम्झौता गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस