'रोनाल्डो जर्सी' २४ घण्टामा ६ करोड डलर बराबरको बिक्री
कीर्तिमानी रकममा रियल म्याड्रिडबाट युभेन्ट्समा स्थानान्तरण भएका विश्व चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको नयाँ जर्सी २४ घण्टाभित्र ६ करोड डलरको हाराहारीमा बिक्री भएको छ।
इटालियन क्लब युभेन्ट्सले गत साता मात्र ४ वर्षका लागि १० करोड युरोमा रोनाल्डोलाई स्पेनिस क्लब रियल म्याड्रिडबाट भित्र्याएको थियो। उनको आगमनसँगै इटालियन क्लबले दुई दशकदेखि जित्न नसकेको च्याम्पियन्स लिग कब्जा गर्ने आशा राखिएको छ।
युभेन्ट्सले पनि उनलाई ७ नम्बर जर्सी नै उपलब्ध गराएको छ। उनको आगमनसँगै इटालेली फुटबलको माहोल तातिएको धेरैको बुझाई छ।इटाली क्लबले उनका लागि खर्चिएको रकम एक दिनको जर्सी बिक्रीबाट मात्र आधाभन्दा बढी कमाई भएको छ। युभेन्ट्सको जर्सी बिक्रीका लागि खुला हुने वित्तिकै रोनाल्डोका युवा समर्थकले अत्याधिक मात्रामा खरिद गरेको बताइएको छ।
रोनाल्डोको युभेन्ट्स आगमन भन्दाअघि नै उनको सम्मानमा इटालीको ५ हजार हाराहारीका जर्सी पसलेले ‘बेम–भिन्डो’ अर्थात स्वागत लेखेको टिसर्ट आफ्नो पसलमा झुन्ड्याएका थिए।
स्थानीय एक आइसक्रिम पार्लरमा त ‘सिआर७’ मेनुको आइसक्रिमको बिक्री नै खुला गरिएको थियो। ‘म अझै युवा छु र जहिले चुनौति मनपराउँछु, जुन स्पोर्टिङबाट म्यानचेस्टर युनाइटेड र म्यानचेस्टरबाट रियल म्याड्रिड जाँदा जस्तै।र, अहिले रियलबाट युभेन्ट्स आएको छुँ, रोनाल्डोले युभेन्ट्समा आफ्नो आगमनको सन्देश दिँदै भने।
एजेन्सी