धरानका मेयर तारा सुब्बाको निधन
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।
काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत सुब्बाको आज, १ साउन बिहान ११ बजे निधन भएको अस्पतालले जनाएको छ ।
तीन वर्षअघि मृगौला प्रत्यारोपण गरेका सुब्बालाई उच्च रक्तचाप र मधुमेहको समेत समस्या थियो । पछिल्लो अवस्थामा उनको शरीरमा साइटोमेगालो भाइरसको संक्रमणका कारण निमोनिया भएको अस्पतालका जनसम्पर्क व्यवस्थापक विनोद अधिकारीले जानकारी दिए ।
एक साताअघि सुब्बालाई उपचारका लागि ग्राण्डी लगिएको थियो ।
२०७४ सालमा भएको स्थानीय निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार बनेका थिए ।