गोविन्द केसीसँग वार्ता गर्न समिति गठन
सरकारले अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न समिति गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा समिति गठन गरेको हो ।
समितिमा गृह र स्वास्थ्य मन्त्रालयका एक/एक जना सहसचिव रहनेछन् ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी १७ दिनदेखि जुम्लामा आमरण अनशनमा छन् ।