सवारी दुर्घटनालाई न्यूनीकरण गर्न भोलिदेखि टाइमकार्ड
बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौंको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिने भएको छ ।
भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ साउनदेखि टाइम कार्ड लागू गर्न लागेको हो ।
टाइम कार्ड लागू गरेपछि ट्रक, टिप्परलगायतका सवारीसाधन प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्ने अनुमान गरिएको छ ।
महाशाखाले अहिले टाइम कार्ड जगाती–कोटेश्वर क्षेत्रको ९.७ किलोमिटर क्षेत्रमा लागू गर्न लागेको छ । रासस