फरार अभियुक्त ३२ बर्षपछि पक्राउ
३२ बर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन् । जाजरकोट, भेरीमालिका नगरपालिका–६ पुन्मा निवासी ६८ वर्षीय प्रताप वलीलाई प्रहरीले पक्राउ गरेको हो ।
२०४१ सालमा गाँउकै एक जना किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत जाजरकोटमा जर्वजस्ती करणी उद्योग सम्बन्धी मुद्धा परेको थियो । अदालतले उनलाई दोषी ठहर्याउँदै ३ बर्षको कैद सजाय सुनाएको थियो ।
बलात्कार गर्ने वित्तिकै फरार भएका उनी भारतमा गएर लुकेर बसेका थिए । जिल्ला अदालतको आदेशले कैद भुक्तानका लागी जिल्ला कारागार चलान गरिएको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।
राजेन्द्र कार्की, जाजरकोट