विश्वकप विशेषसोमबार, ३२ आषाढ , २०७५

स्पेनलाई ‘फेयर प्ले’ अवार्ड, हजार्डलाई ‘सिल्भर बल’

हिमालखबर

काठमाडौं (एजेन्सी)– विश्वकपको प्रिक्वाटरफाइनलबाट बाहिरिएको पूर्व विश्व विजेता स्पेनले ‘फेयर प्ले’ को अवार्ड जितेको छ। सन् २०१० को विश्व विजेतालाई आयोजक रुसले पेनाल्टी सुटआउटमा ४–३ गोलले स्तब्ध पारेको छ।

यसपालिको विश्वकपमा ‘गोल्डेन बल’ को अवार्ड क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन्। ‘सिल्भर बल’ को अवार्ड भने बेल्जियम कप्तान इडेन हजार्डले जिते। फ्रान्सका आन्टन ग्रिजमनलाई ‘ब्रोन्ज बल’ बाट सम्मानित गरियो। उनी ‘सिल्भर बुट’ बाट पनि सम्मानित भए। ग्रिजमनले यसपालिको विश्वकपमा ४ गोल गरेका थिए।

‘गोल्डेन बुट’ को अवार्डबाट भने इङ्लिस कप्तान ह्यारी केन सम्मानित भए। उनले सर्वाधिक ६ गोल गरेका थिए। चार गोल नै गरेका बेल्जियम स्ट्राइकर रोमेलु लुकाकु ‘ब्रोन्ज बुट’ बाट सम्मानित भए।

‘गोल्डेन ग्लोब्स’ अवार्डबाट बेल्जियमका गोलकिपर थाईबट कोर्टुवा सम्मानित भएका थिए। फ्रान्सका केलियन एमबापे उत्कृष्ट युवा खेलाडीबाट सम्मानित भए। १९ वर्षीय एमबापेले पनि ४ गोल गरेका थिए।

प्रतिकृया दिनुहोस