विश्वकप विशेषआइतबार, ३१ आषाढ , २०७५

फ्रान्स दुई पल्ट विश्वकप जित्ने तेस्रो टिम

हिमालखबर

काठमाडौं (एजेन्सी)– क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै फ्रान्स एक पल्टभन्दा बढी विश्वकप जित्ने छैटौं देश बन्न पुगेको छ।

फ्रान्सले यसअघि १९९८ मा विश्वकप जितेको थियो। उसको यो दोस्रो उपाधि हो। दुई पल्ट विश्वकप जित्ने देशमा अर्जेन्टिना र उरुग्वे छन्। इटाली र जर्मनीले ४–४ पल्ट र ब्राजिलले सर्वाधिक ५ पल्ट विश्वकप जितेको छ।

इङ्ल्यान्ड र स्पेनले १–१ पल्ट विश्वकप जितेका छन्। हालसम्म आठ देशले मात्र विश्वकप जितेको छ।

प्रतिकृया दिनुहोस