विश्वकप विशेषआइतबार, ३१ आषाढ , २०७५

मैदानमा एमबापेका समर्थक!

हिमालखबर

काठमाडौं (एजेन्सी)– क्रोएसिया र फ्रान्सबीचको फाइनल खेल दर्शकका कारण ५२ मिनेटमा रोकिएको छ। चार जना दर्शक मैदान भित्र प्रवेश गरेपछि एक मिनेटका लागि खेल रोकिएको हो। सुरक्षाकर्मीले दर्शकलाई बाहिर निकालेका थिए। उनीहरू फ्रेन्च युवा खेलाडी केलियन एमबापेलाई छुन मैदानमा दौडिएका थिए। एक समर्थकले क्रोएसियाली डिफेन्डर डेजान लोर्भेनलाई पनि तानेका थिए।

प्रतिकृया दिनुहोस