विश्वकप विशेषआइतबार, ३१ आषाढ , २०७५

ग्रिजमनको नाममा अर्को कीर्तिमान

हिमालखबर

काठमाडौं (एजेन्सी)– आक्रामक मिडफिल्डरको भूमिकामा उत्रिएका फ्रेञ्च स्ट्राइकर आन्टन ग्रिजमन विश्वकप र युरोकप जस्तो ठूलो प्रतियोगितामा गोल र गोलका लागि अवसर मिलाउने आफ्नो देशको अग्रज खेलाडी बन्न पुगेका छन्।

उनले फ्रेञ्च फुटबलको पछिल्लो ५० वर्ष लामो इतिहासमा १० खेलमा १० गोल गरेका छन् भने दुई वटा बल गोलका लागि मिलाएका छन्। यसअघि जिनेदिन जिदानले ८ र मिचेल प्लाटिनीले ६ गोलको कीर्तिमान बनाएका थिए।

ग्रिजमनले दुई वर्षअघि युरोकपमा ६ गोल गरेका थिए।

प्रतिकृया दिनुहोस