विश्वकप विशेषआइतबार, ३१ आषाढ , २०७५

क्रोएसियाले १० मिनेटमै फर्कायो गोल, पेरिसिचको उत्कृष्ट गोल

हिमालखबर

काठमाडौं (एजेन्सी)– फ्रान्सले १८ मिनेटमा हानेको गोल १० मिनेटमै क्रोएसियाले फर्काएको छ। क्रोएसियाका लागि इभान पेरिसिचले गोल हाने। उनले डिबक्स भित्र भिडाले मिलाएको पासमा गोल गरेका थिए। यसअघि क्रोएसिया मारियो मान्डुज्किचको आत्मघाती गोलका कारण पछाडि परेको थियो। सेट पिसमा आन्टन ग्रिजमनले हानेको फ्रिकिक मान्डुज्किचको टाउकोमा डिफ्लेक्ट हुँदै गोल भएको थियो।
पेरिसिचको यो विश्वकपमा तेस्रो गोल हो।

प्रतिकृया दिनुहोस