मानन्धर र श्रेष्ठलाई विशिष्ट स्रष्टा सम्मान
नेपाली फोटोग्राफीको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिने विशिष्ट स्रष्टा सम्मान श्रीधरलाल मानन्धर र किरण श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
फोटो काठमाडौं महोत्सवले २ कात्तिकमा पत्रकार सम्मेलनको आयोजना गरी विशिष्ट स्रष्टा सम्मानको घोषणा गरेको हो । एक दर्जन भन्दा बढी मनोनयनबाट स्वतन्त्र चयन समितिले काठमाडौंका ७६ वर्षीय मानन्धर र ललितपुरका ७० वर्षीय श्रेष्ठलाई छनौट गरे अनुसार विशिष्ट स्रष्टा सम्मान प्रदान गर्न लागिएको महोत्सव सह–निर्देशक नयनतारा गुरुङ कक्षपतिले जानकारी दिइन ।
फोटो पत्रकार मानन्धरले खिचेका फोटो नेपाली तथा विदेशी सञ्चार माध्यममा प्रकाशित भएका छन् । त्यस्तै श्रेष्ठ क्यामरा मर्मत गर्दै आएका छन् । नेपालमा अधिकासं फोटो पत्रकारका क्यामरा उनले बनाउदै आएका छन् । ५ कात्तिकदेखि पाटनमा सुरु हुने फोटो काठमाडौं महोत्सवको उद्घाटन समारोहमा दुबै जनालाई सम्मान प्रदान गरिने छ ।
यसवर्ष आयोजना हुन लागेको फोटो काठमाडौं महोत्सवमा एसिया महादेश भरीका फोटोहरु समावेश गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ५ देखि १८ कात्तिकसम्म चल्ने महोत्सवमा २२ देशका ५२ फोटोपत्रकार, सम्पादक तथा कला साधक सहभागि हुनेछन् । महोत्सवभरी १२ वटा फोटो प्रदर्शनी, ७ वटा स्लाइड शो, १४ वटा कलाकार वार्ता तथा संवाद, ६ वटा कार्यशाला एवं एउटा आवासीय मिक्स्ड–मिडिया कार्यक्रम समाविष्ट गरिएको सह–निर्देशक कक्षपतिले जानकारी दिइन ।
महोत्सवमा प्रदर्शित हुने एसिया भरिबाट छानिएका १२ फोटो प्रदर्शनीहरुमध्ये स्यान्ड्रा क्यल्लिगारोको शृंखलाले आमसंचार माध्यममा एकोहोरो प्रस्तुत गरिने युद्धका भयावह तस्विरहरुको विपरित काबुलीहरुको सामान्य दैनिक जीवनलाई प्रस्तुत गर्ने छ भने क्याम्बोडियाका किमहाकले खमेर रुज शासनको कोपभाजनमा पर्ने डरले लुकाइएका फोटोहरु र व्यक्तिगत बस्तुहरुको ४० बर्षपछि खिचिएका मन छुने फोटोहरुको शृंखला प्रस्तुत गरिने जनाएको छ ।
त्यस्तै अजादे अख्लागीको शृंखलामा ईरानको ईतिहासमा भएका रहस्यमय हत्याकाण्ड र घटनाहरुको मिहिन रुपमा गरिएको काल्पनिक चित्रण देख्न पाइने छ । जन्नतुलमावाको शृंखलाले असमानवर्ग विभेदबीच निर्माण गर्न सकिने सम्बन्धको संभावना कल्पना र दिवस राजा केसीले क्युरेट गरेको प्रदर्शनीमा नेपालीद लितले भोगेका सामाजिक, आर्थिक, राजनीतिक तथा बौद्धिक असमानताको चित्रण देखाइने जनाएको छ । यस्तै शिखर भट्टराईको शृंखलामा मार्फा गाउँ र त्यससंगको स्थानीयको सम्बन्धका आयाम खोतल्ने जमर्को गरिने छ ।
यससँगै महोत्सवले कला र शिक्षा नामक बिशेष कार्यक्रम पनि सुरुवात गर्नेछ । शिक्षा फाउन्डेशन नेपाल, नेपालकालागि स्वीट्जरल्यान्डको दूतावास, न्याशनलजियोग्राफिक सोसाइटी तथा थुप्रै अन्य स्थानीय सहयोगी सँस्था तथा प्रायोजकहरूको सहयोगमा महोत्सव आयोजना गर्न लागेको जनाएको छ ।