फ्रेन्च प्रशिक्षक डेस्च्याम्पस अर्को उपलब्धि नजिक
काठमाडौं (एजेन्सी)– फ्रेन्च प्रशिक्षक डिडियर डेस्च्याम्पस विश्वकपको दोहोरो सफलता नजिक छन्। क्रोएसियाविरूद्ध आज रुसमा हुने फाइनल जिते खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप उपाधि जित्ने तेस्रो व्यक्ति बन्ने छन्। यसअघि ब्राजिलका मारियो जागालो र जर्मनीका फ्रेन्ज बेकेन्बाउरले यो उपलब्धि हात पारिसकेका छन्।
डेस्च्याम्पस फ्रान्सले १९९८ मा आफ्नै देशमा विश्वकप उपाधि जित्दा टोली कप्तान थिए। अहिले उनको प्रशिक्षणमा १२ वर्षपछि फ्रान्स विश्वकपको फाइनल पुगेको छ। जागालो खेलाडी हुँदा १९५८ र १९६२ मा ब्राजिलले विश्वकप उपाधि जितेको थियो। सन् १९७० मा ब्राजिलले विश्वकप जित्दा उनी प्रशिक्षक थिए। १९९४ मा जित्दा पनि सहायक प्रशिक्षक थिए।
फ्रान्सका बेकेन्बाउरले पनि सन् १९७४ मा कप्तानको भूमिकामा जर्मनीलाई उपाधि दिलाएका थिए। १९९० मा जर्मनीले उपाधि जित्दा उनी टिम प्रशिक्षक थिए।