मान्डुज्किचले दिलाए क्रोएसियालाई अग्रता, इङ्ल्यान्ड २–१ ले पछाडि
काठमाडौं (एजेन्सी)– मारियो मान्डुज्किचले अतिरिक्त समयको दोस्रो हाफको चौथो मिनेटमा क्रोएसियालाई अग्रता दिलाएका छन्। इङ्लिस डिफेन्डरले डिबक्स भित्रको बललाई क्लियर गर्न नसक्दा इङ्ल्यान्डले अतिरिक्त समयमा अप्रत्यासित २–१ ले पछाडि पर्नु परेको छ। मान्डुज्किचले इभान पेरिसिचको हेडिङ क्रसमा दोस्रो बार च्यापेर हानेको बल गोलमा परिणत भएको थियो।
यसअघि इङ्ल्यान्डले खेल सुरु भएको पाँच मिनेटमा अग्रता लिएको थियो। तर, ६८ मिनेटमा पेरिसिचले गोल फर्काउदै खेललाई ३० मिनेटको अतिरिक्त समयमा लगेका थिए।