दोस्रो हाफमा क्रोएसिया बलियोः खेल अतिरिक्त समयतर्फ
काठमाडौं (एजेन्सी)– इभान पेरिसिचले ६८ मिनेटमा गोल फर्काएपछि इङ्ल्यान्डविरूद्ध दोस्रो सेमिफाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ।
पहिलो हाफको पाँच मिनेटमा इङ्ल्यान्डले बनाएको अग्रतालाई दोस्रो हाफमा पेरिसिचले बराबरीमा ल्याएका थिए। उनले एट्लेटिको म्याड्रिडका सिमे भार्साकोले विङबाट दिएको लामो क्रस पासमा इङ्लिस डिफेन्डर वाल्करलाई जिल्याउँदै गोल गरेका थिए।
मिडफिल्डर पेरिसिचको विश्वकपमा चौथो गोल थियो। उनी आफ्ना अग्रज डाभोर सुकरले विश्वकपमा बनाएको ६ गोलको कीर्तिमान भन्दा दुई गोलले पछाडि छन्। यसअघि इङ्ल्यान्डले पहिलो हाफमा अग्रता बनाएको थियो। किरण ट्रिपरले खेल सुरु भएको ५ मिनेट भित्र २० यार्ड नजिकबाट फ्रिकिकमार्फत गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए।
कप्तान लुका मोड्रिचले डिबक्सबाहिर डेले अलीलाई लडाएपछि इङ्ल्यान्डले फ्रिकिक अवसर पाएको थियो। ट्रिपर २००६ पछि फ्रिकिकमार्फत गोल गर्ने इङ्लिस खेलाडी बनेका थिए।
पेरिसिचले ७० मिनेटमा डिबक्सबाट दोस्रो बारमा च्यापेर हानेको बल पोलमा लागेर फर्किएको थियो।