क्रोएसियाले ६८ मिनेटमा गोल फर्कायो, पेरिसिचको गोल
काठमाडौं (एजेन्सी)– क्रोएसियाले ६८ मिनेटमा गोल फर्काएको छ। इभान पेरिसिचले डिबक्स भित्र इङ्लिस डिफेन्डर वाल्करले बनाएको ‘वाल’ तोड्ने क्रममा बराबरी गोल गरेका थिए। उनको विश्वकपमा चौथो गोल थियो।
उनी आफ्ना अग्रज डाभोर सुकरले विश्वकपमा बनाएको ६ गोलको कीर्तिमान भन्दा दुई गोलले पछाडि छन्। यसअघि इङ्ल्यान्डले पहिलो हाफमा अग्रता बनाएको थियो। किरण ट्रिपरले खेल सुरु भएको ५ मिनेट भित्र २० यार्ड नजिकबाट फ्रिकिकमार्फत गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए।
कप्तान लुका मोड्रिचले डिबक्सबाहिर डेले अलीलाई लडाएपछि इङ्ल्यान्डले फ्रिकिक अवसर पाएको थियो। ट्रिपर २००६ पछि फ्रिकिकमार्फत गोल गर्ने इङ्लिस खेलाडी बनेका थिए।