१२ वर्षको अन्तरालमा बेक्हामपछि सिधै फ्रिकिकबाट गोल
काठमाडौं (एजेन्सी)– इङ्लिस कप्तान डेभिड बेक्हामपछि किरन ट्रिपरले विश्वकपमा फ्रिकिकबाट सिधै गोल गरेका छन्। १२ वर्षपछि इङ्लिस टोलीले सिधै फ्रिकिकबाट गोल गरेको हो।
बेक्हामले २००६ को विश्वकपमा इक्वेडरविरूद्ध फ्रिकिकमार्फत सिधै गोल गरेका थिए। हाल रुसमा जारी विश्वकपमा क्रोएसियाविरूद्ध सेमिफाइनलमा उत्रिँएको इङ्ल्यान्डका लागि ट्रिपरले गोल गरेका हुन्। २० यार्ड टाढा डिबक्स बाहिर क्रोएसियाली कप्तान लुका मोड्रिचले इङ्लिस स्ट्राइकर डेले अलीलाई लडाएपछि प्राप्त फ्रिकिकमा खेल सुरु भएको ५ मिनेटभित्र ट्रिपरले गोल गरेका हुन्।