समाचारबुधवार, आषाढ २७, २०७५

सरकार जिम्मेवार बनोस, वार्ताका लागि तयार छौंः डा केसी

हिमालखबर

फाइल तस्वीर

डा गोविन्द केसीले आफू सरकारसँग वार्ताका लागि तयार रहेको बताएका छन् ।

सरकारका केही जिम्मेवार व्यक्तिबाट डा केसी पक्ष वार्तामा आउन नचाहेको भन्ने अभिव्यक्ति आइरहेको भन्दै डा केसीले आफूहरु वार्ताका लागि तयार रहेको तर, सरकारका तर्फबाट वार्ताको कुनै पहल नभएको स्पष्ट पारेका हुन् ।

“यतिका दिनसम्म संवेदनहीन र गैर जिम्मेवारीपूर्ण रही माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवारी व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ,” डा केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “हामी कुनै पनि बेला वार्ताका लागि तयार रहेको र सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने जानकारी पनि गराउन चाहन्छौं ।”

“सरकारलाई चाहीँ यसै विज्ञप्तिमार्फत दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी कामहरु गरेर वार्ता सफल बनाउने गृहकार्य गर्न स्मरण गराउँछौं,” विज्ञप्तिमा थप उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस