लुका मोड्रिच (क्रोएसिया)
सन् १९९८ पछि क्रोएसियालाई विश्वकपको सेमिफाइनल प्रवेश गराउन क्रोएसियाली कप्तान लुका मोड्रिचको प्रदर्शन प्रभावशाली मानिएको छ। रियल म्याड्रिडका यी व्यवसायिक मिडफिल्डर ‘गोल्डेन बल’ का पनि दावेदार खेलाडी हुन्।
इङ्ल्यान्डविरूद्ध दोस्रो सेमिफाइनलमा उनको प्रदर्शन महत्वपूर्ण रहने पक्का छ। सन् २००६, २०१४ र २०१८ गरि तीनवटा विश्वकप खेलिरहेका मोड्रिचले अर्जेन्टिनाविरूद्ध २५ यार्ड टाढाबाट हानेको गोलको निकै चर्चा भएको थियो। उनी डेनमार्कविरूद्ध निर्धारित समयमा पेनाल्टी गोल गर्न चुकेका थिए। तरपछि पेनाल्टी सुटआउटमा गएको खेलमा पेनाल्टीबाट गोल गरेका थिए।
उनी विपरित अवस्थामा पनि पास मिलाउन र गोल सिर्जना गर्न माहिर मानिन्छन।