९ वर्षपछि रोनाल्डो म्याड्रिड छोडेर युभेन्ट्समा, विश्वको चौथो महंगो स्थानान्तरण
काठमाडौं (एजेन्सी)– विश्व फुटबलका चर्चित स्ट्राइकर पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई ९ वर्षपछि स्पेनिस क्लब रियल म्याड्रिडले १३ करोड १५ लाख डलर (९९ दशमलव २ मिलियन पाउन्ड) मा इटालेली क्लब युभेन्ट्सलाई बेचेको छ। म्याड्रिडले ३३ वर्षीय आफ्नो स्टार स्ट्राइकरलाई बेचेको जानकारी मंगलबार सार्वजनिक गरेको हो।
सन् २००९ मा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट म्याड्रिड स्थानान्तरण भएका रोनाल्डोले स्पेनिस क्लबमा करिब एक दशक बिताउने क्रममा चार च्याम्पियन्स लिग उपाधि जिताएका थिए। रोनाल्डोको क्लब स्थानान्तरणलाई विश्वको चौथो महंगो मानिएको छ।
यसअघि ब्राजिलका नेइमारलाई बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले गत सिजन अनुबन्धित गर्दा सबैभन्दा महंगो रकम दुई सय मिलियन पाउन्ड खर्चेको थियो। भर्खरै फ्रान्सका युवा स्ट्राइकर केलियान एमबापेका लागि पनि पिएसजीले १ सय ६६ मिलियन पाउन्ड खर्चेको छ।
उनी गत सिजन ऋण सम्झौतामा पिएसजीबाट खेलेका थिए। बार्सिलोनाले पनि ब्राजिलियन मिडफिल्डर फिलिप काउटिन्होलाई लिभरपुलबाट अनुबन्धित गर्न तेस्रो महंगो रकम १ सय ४२ मिलियन पाउन्ड खर्चेको थियो।