एभरेस्ट ब्याङ्कद्वारा स्वास्थ्य शिविर सञ्चालन
एभरेस्ट ब्याङ्कले आफ्नो २२ औं बार्षिकउत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । काठमाडौं, लाजिम्पाटस्थित ब्याङ्कको प्रधान कार्यालयमा १ कार्तिकमा आयोजित शिविरमा २५० जनाले ग्र्याण्डि अस्पतालका चिकित्सकहरूबाट परामर्श र उपचार पाएको ब्याङ्कले जनाएको छ ।
शिविरमा ई.एन.टि., दन्त चिकित्सा, ग्यास्त्रोएन्टेरोलोजी, ओप्थाल्मोलोजी र अर्थोपेडिक लगायतका सेवाहरू उपलव्ध थिए।