समाचारमंगलवार, आषाढ २६, २०७५

कान्तिपुर र काठमाडौं पोष्टका प्रधान सम्पादकद्वारा राजीनामा

हिमालखबर

कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र काठमाडौं पोष्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले संयुक्त राजीनामा दिएका छन् ।

कान्तिपुर मिडिया ग्रुपद्वारा संचालित दुवै पत्रिकाका प्रधान सम्पादकले आज, २६ असारमा आफ्ना सहकर्मीहरुलाई राजीनामाबारे ब्रिफिङ गरेका थिए ।

राजीनामाबारे औपचारिक निर्णय भोलि मात्रै हुने जनाइएको छ ।

शर्मा र उपाध्याय दुवैले १० वर्षदेखि पत्रिकाको नेतृत्व सम्हाल्दै आएका थिए ।

 

प्रतिकृया दिनुहोस