जडिबुटीमा टिप्परको ठक्करले एकजनाको मृत्यु
काठमाडौंको जडिबुटीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ ।
भक्तपुरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा ४ ख ८७२५ नम्बरको टिप्परले बा ८५ प ७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको हो ।
टिप्परको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक अमन ढुङ्गेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।