समाचारमंगलवार, आषाढ २६, २०७५

सरकारविरुद्ध धर्नामा बसेका २५ जना पक्राउ

हिमालखबर

सरकारविरुद्ध सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेका २५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मानवअधिकारकर्मी कृष्ण पहाडी, गंगाधर अधिकारी, उत्तम पुडासैनी, प्रताप पौडेल, रेनुका पौडेललगायत छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

माइतीघरलगायत स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको, डा. गोविन्द केसी र गंगामाया अधिकारीको माग पुरा नगरेको भन्दै सरकारविरुद्ध शान्ति समाजले धर्नाको आयोजना गरेको थियो ।

सरकार निरंकुश बन्दै गएको, जनताको आधारभुत स्वतन्त्रता तथा मानवअधिकार कुण्ठित हुने गरी निर्णय गर्दै गएकोले त्यसविरुद्ध धर्नाको आयोजना गरिएको शान्ति समाजले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस