रोमेलु लुकाकु (बेल्जियम)
म्यानचेस्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेल्ने लुकाकु रुसमा जारी विश्वकपमा खतरनाक स्ट्राइकरको सूची भित्र पर्छन। उनले २५ वर्षको उमेरमै बेल्जियमबाट सर्वाधिक ४० गोल गर्ने इतिहास बनाइसकेका छन्।
जारी विश्वकपमा उनी गोल्डेन बुटको दावेदारमा इङ्ल्यान्डका ह्यारी केनपछि दोस्रो नम्बरमा छन्। केनले ६ गोल गरेका छन् भने उनको नाममा ४ गोल छ। ६ फिट २ इन्च अग्ला लुकाकु टेक्निकल मात्र होइन, फिजिकल खेल खेल्न पनि माहिर मानिन्छन।
लुकाकुले समूह चरणको खेलमा पानामाविरूद्ध ३–० ले विजयी खेलमा दुई गोल गरेका थिए। उनले ट्युनिसियाविरूद्ध ५–२ ले विजयी अर्को खेलमा पनि दुई गोल गर्दै सन् १९८६ को विश्वकपमा अर्जेन्टिनाका डिएगो म्याराडोनाले विश्वकपको लगातार दुई खेलमा दुई–दुई गोल गरेको कीर्तिमानलाई बराबरी गरेका थिए।
नकआउट चरणका दुई खेलमा भने उनले गोल गर्न सकेका छैनन्। तर, उनी अग्रपंक्तिमा खतरनाक खेलाडी मानिन्छन।