कला/साहित्यसोमवार, आषाढ २५, २०७५

मदन पुरस्कारका लागि आठ पुस्तकको सूची सार्वजनिक

हिमालखबर

मदन पुरस्कार गुठीले २०७४ सालको लागि आठ वटा श्रेष्ठ पुस्तकको सूची सार्वजनिक गरेको छ ।

गुठीलाई प्राप्त भएका कूल २५३ पुस्तकबाट आठवटा पुस्तक छनोटमा परेका हुन् ।

छनोटमा परेका यी आठ पुस्तकमध्ये एउटाले मदन पुरस्कार–२०७४ प्राप्त गर्नेछ ।

अकारादि क्रममा मदन पुरस्कार गुठीबाट घोषणा गरिएका ‘श्रेष्ठ पुस्तक–२०७४’ को सूची यसप्रकार छ ।

कैरनः ध्रुवसत्य परियार
नथियाः सरस्वती प्रतीक्षा
पाठशालाः तीर्थ गुरूङ
भुइयाँः यज्ञश
यारः नयनराज पाण्डे
योगमायाः नीलम कार्की ‘निहारिका’
लिम्बुनी गाउँः राज माङलाक
हिमाली दर्शनः मोहन वैद्य ‘किरण’

प्रतिकृया दिनुहोस