३ साउनदेखि शैक्षिक मेला हुँदै
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले ३ साउनदेखि काठमाडौंको भृकुटीमण्डपमा शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।
६ साउनसम्म चल्ने मेलामा शैक्षिक परामर्श व्यवसायी, स्वदेशी तथा विदेशी शैक्षिक संस्था र विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागीता रहनेछ ।
मेलामा जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको पनि सहभागीता हुनेछ ।
मेलामा स्वदेशी एवं विदेशी शिक्षा प्रणाली, शैक्षिक कार्यक्रम, करियर लगायत विद्यार्थीलाई आवश्यक पर्ने हरेक विषयमा परामर्श दिइने जनाइएको छ ।
१२ औं संस्करणको उक्त मेलामा एक लाखभन्दा बढी विद्यार्थी र अभिभावकले सहभागिता जनाउने आयोजकको अनुमान छ ।