समाचारआइतवार, आषाढ २४, २०७५

कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्त छविलाल जेल चलान

हिमालखबर

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका छविलाल पौडेल जेल चलान भएका छन् ।

६ पुस २०७२ सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न भने पनि उनी पक्राउ परेका थिएनन् । फरार पौडेलले आज सर्वोच्चमा उपस्थित भएपछि उनलाई तत्काल डिल्लीबजार जेल चलान गरिएको छ ।

छोराका हत्यामा संलग्नलाई कारवाहीको माग राख्दै कृष्णप्रसादकी आमा गंगामाया अधिकारी वीर अस्पतालमा आमरण अनशनमा छन् ।गंगामायाको स्वास्थ्य अवस्था कमजोर हुँदै जाँदा अधिकारकर्मीहरुबाट  उनको माग पूरा गर्न सरकारमाथि तीव्र दबाब परिरहेको थियो  ।

चितवन रत्ननगरमा रहेका हजुरबुवा–आमा भेटन पुगेका कृष्णप्रसादलाई २४ जेठ २०६१ मा तत्कालीन माओवादीले अपहरणपछि बकुलहर चोकमा हत्या गरेको थियो ।

 

प्रतिकृया दिनुहोस