फर्नान्डेजको गोलले रुस पुनः फर्कियो, खेल पेनाल्टीतर्फ
काठमाडौं (एजेन्सी)– रुस पुनः खेलमा फर्किएको छ। अतिरिक्त समयको १ सय १५ मिनेटमा मारियो फर्नान्डेजले उत्कृष्ट हेडिङ गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका छन्।
रुसबाट दसौं अन्तर्राष्ट्रिय खेलिरहेका फर्नान्डेजको यो पहिलो गोल थियो। उनले फ्रिकिकमार्फत डिबक्समा पाएको बललाई गोलमा परिणत गरेका थिए।