भिडाले दिलाए क्रोएसियालाई पुनः अग्रता
काठमाडौं (एजेन्सी)– क्रोएसियाले डोमागोज भिडाको गोलमा अतिरिक्त समयको पहिलो हाफको १० मिनेटमा अग्रता लिएको छ। खेल भएको एक सय मिनेटमा कप्तान लुका मोड्रिचको कर्नर किकमा भिडाले हेडिङमार्फत गोल गरेपछि क्रोएसियाले २–१ को अग्रता बनाएको हो। यसअघि निर्धारित समयमा १–१ गोल भएको थियो। रुस र क्रोएसिया दुवैले पहिलो हाफमा गोल गरेका थिए।