रुस र क्रोएसियाको क्वाटरफाइनल अतिरिक्त समयतर्फ
काठमाडौं (एजेन्सी)– आयोजक रुस र क्रोएसियाबीच भइरहेको विश्वकपको अन्तिम क्वाटरफाइनल खेलको निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा टुँगिएको छ। दोस्रो हाफमा दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको छ।
डेनिस चेरिसेभको गोलका कारण पहिलो हाफको ३१ मिनेटमा अग्रता लिएको आयोजक रुसविरूद्ध ८ मिनेटभित्रै क्रोएसियाले गोल फर्काएको थियो।
क्रोएसियाका लागि आन्दे्रज क्रामारिचले ३९ मिनेटमा गोल गरेका थिए।