रुस र क्रोएसियाः पहिलो हाफ १–१ को बराबरी
काठमाडौं (एजेन्सी)– आयोजक रुस र क्रोएसियाबीच भइरहेको विश्वकपको अन्तिम क्वाटरफाइनल खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा टुँगिएको छ। रुसले ३१ मिनेटमा लिएको अग्रतालाई ८ मिनेटमै क्रोएसियाले बराबरीमा ल्याएको थियो।
रुसका लागि डेनिस चेरिसेभले ३१ मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट प्रहार मार्फत गोल गरेका थिए। प्रत्युत्तरमा मान्डुज्किचको पासमा दोस्रो स्ट्राइकरको रुपमा खेलिरहेका आन्द्रेज क्रामारिचले ३९ मिनेटमा डिबक्स भित्र हेडिङमार्फत गोल गरेपछि खेल बराबरीमा पुगेको थियो।