इङ्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा
काठमाडौं (एजेन्सी)– इङ्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ। स्विडेनलाई २–० ले पराजित गर्ने क्रममा इङ्ल्यान्ड १९९० को विश्वकपपछि अन्तिम ४ मा प्रवेश गरेको हो।
इङ्ल्यान्डको जितमा मिडफिल्डर डेले अली र ह्यारी म्याग्वायर नायक सावित भए। डिफेन्डर म्याग्वायरले ३० मिनेटमा ‘सेट पिस’ मार्फत गोल गर्दै पहिलो हाफमा इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए। उनले यङको कर्नर किकमा हेडिङमार्फत गोल गरे। इङ्ल्यान्डले दुवै गोल हेडिङमार्फत गरेको थियो।
इङ्ल्यान्डका लागि अर्को गोल अलीले ५८ मिनेटमा गरे। लिङगार्डले डिबक्स बाहिरबाट दिएको पासमा उनले हेडिङ गोल गरे। विश्वकपमा उनको यो पहिलो गोल थियो।