विश्वकप विशेषशनिबार, २३ आषाढ , २०७५
अलीको अर्को गोल, इङ्ल्यान्ड २–० ले अगाडि
काठमाडौं (एजेन्सी)– इङ्ल्यान्डका डेले अलीले दोस्रो गोल गरेका छन्। उनले ५८ मिनेटमा डिबक्स बाहिरबाट लिङगार्डले दिएको पासमा हेडिङ गोल गरे। विश्वकपमा उनको यो पहिलो गोल थियो। उनको गोलसँगै स्विडेनविरूद्ध इङ्ल्यान्डले २–० को अग्रता लिएको छ।
यसअघि पहिलो हाफको ३० मिनेटमा ह्यारी म्याग्वायरले गोल गरेका थिए। २५ वर्षीय म्याग्वायरले ‘सेट पिस’ मा हेडिङमार्फत गोल गरेका थिए। उनले यङको कर्नर किकमा गोल गरेका हुन्। म्याकवायरको पहिलो अन्तर्राष्ट्रिय गोल थियो।
स्विडेनले विश्वकपको पहिलो हाफमा पछाडि परेको खेल अहिलेसम्म जित्न सकेको छैन। हालसम्म ११ खेलमा पहिलो हाफमा पछाडि परेको स्विडेनले ९ खेलमा पराजय र २ खेललाई मात्र बराबरीमा राख्न सफल भएको छ।