इङ्ल्यान्डले लियो पहिलो गोलको अग्रता
काठमाडौं (एजेन्सी)– इङ्ल्यान्डले विश्वकपको क्वाटरफाइनल अन्तर्गत स्विडेनविरूद्धको खेलमा पहिलो गोलको अग्रता लिएको छ। २५ वर्षीय हयारी म्याग्वायरले ‘सेट पिस’ मा हेडिङमार्फत गोल गरेका छन्।
म्याकवायरको यो पहिलो अन्तर्राष्ट्रिय गोल थियो। यङको कर्नर किकमा म्याग्वायरले ३० मिनेटमा गोल गरेका हुन्।