भिक्टर लिन्डेलोभ (स्विडेन)
इङ्ल्यान्डविरूद्ध आज हुने क्वाटरफाइनल खेलमा स्विडिस डिफेन्डर भिक्टर लिन्डेलोभ महत्वपूर्ण सावित हुन सक्छन्। इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेड क्लबबाट सन् २०१७ देखि फुटबल खेलिरहेका लिन्डेलोभ इङ्लिस खेलाडीको खेल शैलीबाट परिचित छन्।
यस विश्वकपमा ६ गोल गरिसकेका टोटेनहमका ह्यारी केनलगायत इङ्लिस आक्रमणलाई निस्तेज पार्न उनको अनुभव स्विडिस टोलीका लागि महत्वपूर्ण मानिन्छ। २३ वर्षीय लिन्डेलोभको यो पहिलो विश्वकप हो र उनले अघिल्लो खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेका छन्। प्रि–क्वाटर फाइनलमा स्विट्जरल्यान्डको धारिलो आक्रमणलाई रोक्न उनी सुरक्षा कवज बनेर आफ्नो गोल पोस्टमा उभिएका थिए।
६ फिट २ इन्ची अग्ला लिन्डेलोभ ‘सेट पिस’ मा पनि खतरनाक मानिन्छन्।