ब्राजिलले एक गोल फर्कायो, बेल्जियम २–१ को स्थितिमा
काठमाडौं (एजेन्सी)– ब्राजिलले ७६ मिनेटमा गोल फर्काएको छ। बेल्जियमले पहिलो हाफमा लिएको २ गोलको अग्रतालाई छोट्याउँदै रेनेटो अगुस्टोले गोल फर्काएका छन्। आफ्नो स्टार मिडफिल्डर कासेमिरोलाई गुमाएको ब्राजिलविरूद्ध केभिन डि ब्रुयनले गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो।
ब्राजिलले पहिलो गोल नै फार्नान्डिन्होको आत्मघाती गोलको रुपमा खायो। खेल सुरु भएको १३ मिनेटमा प्राप्त कर्नर किकमा फर्नान्डिन्होले बल क्लियर गर्न नसकेपछि आत्मघाती बनेको थियो।
अर्को गोल ३१ मिनेटमा ब्रुयनले गरे। रोमेलु लुकाकुले काउन्टर अट्याकमा अगाडि बढाएको बलमा पास पाएका ब्रुयनले सेकेन्ड बार च्यापेर गोल गरेका थिए।