पहिलो हाफमा ब्राजिल २–० ले पछाडि
काठमाडौं (एजेन्सी)– बेल्जियमविरूद्ध पहिलो हाफको खेलमा ब्राजिल दुई गोलले पछाडि पर्न पुगेको छ। आफ्नो स्टार मिडफिल्डर कासेमिरोलाई गुमाएको ब्राजिलविरूद्ध केभिन डि ब्रुयनले गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो।
ब्राजिलले पहिलो गोल नै फार्नान्डिन्होको आत्मघाती गोलको रुपमा खायो। खेल सुरु भएको १३ मिनेटमा प्राप्त कर्नर किकमा फर्नान्डिन्होले बल क्लियर गर्न नसकेपछि आत्मघाती बनेको थियो।
अर्को गोल ३१ मिनेटमा ब्रुयनले गरे। रोमेलु लुकाकुले काउन्टर अट्याकमा अगाडि बढाएको बलमा पास पाएका ब्रुयनले सेकेन्ड बार च्यापेर गोल गरेका थिए।