ब्राजिललाई अर्को गोलको धक्का, पहिलो हाफ अगाडि २–० ले पछाडि
काठमाडौं (एजेन्सी)– म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रुयनको उत्कृष्ट गोलको सहयोगले बेल्जियमले पहिलो हाफको खेल सकिनुअघि ब्राजिललाई २–० ले पछाडि पारेको छ। रोमेलु लुकाकुले काउन्टर अट्याकमा अगाडि बढाएको बलमा पास पाएका ब्रुयनले सेकेन्ड बार च्यापेर गोल गर्दै आफ्नो देशलाई बलियो स्थितिमा पुर्याए। उनले ३१ मिनेटमा गोल गरे।
यसअघि १३ मिनेटमा फर्नान्डिन्होको आत्मघाती गोलका कारण ब्राजिलले गोल खाएको थियो।