ब्राजिलको पहिलो आत्मघाती गोल, बेल्जियमलाई १३ मिनेटमा अग्रता
काठमाडौं (एजेन्सी)– पाँच पल्टको विश्व विजेता ब्राजिलविरूद्ध बेल्जियमले पहिलो गोलको अग्रता लिएको छ। पहिलो हाफको १३ मिनेटमा बेल्जियमले पाएको कर्नर किकमा फर्नान्डिन्होको आत्मघाती गोलका कारण ब्राजिल पछाडि परेको हो।
विश्वकप अन्तर्गत दोस्रो क्वाटरफाइनल खेल अहिले रुसमा ब्राजिल र बेल्जियमबीच भइरहेको छ।