समाचारशुक्रवार, आषाढ २२, २०७५

प्रदेश– ४ को नाम गण्डकी

हिमालखबर

तस्वीर: युवराज श्रेष्ठ

प्रदेश– ४ को २२ असारमा बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको छ ।

प्रदेश सभामा रहेका ५६ सांसदमध्ये ५४ जनाले प्रस्तावको पक्षमा मतदान गरे भने दुई सांसदले विपक्षमा मत दिए । यसअघि प्रदेश–६ ले पनि आफ्नो नाम कर्णाली राखिसकेको छ ।

बैठकमा बोल्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी सभ्यताले सबैको पहिचान दिने दाबी गरे । “जातीय, धार्मिक र साँस्कृतिक रुपमा पनि गण्डकी नै उपयुक्त छ उनले भने, “जातीय पहिचानको अवधारणा भन्दा माथि उठ्नुपर्छ ।”

प्रदेश ४ को नाम र राजधानी तोक्न प्रदेश सभाले यसअघि संसदीय समिति बनाएर प्रदेश ४ मा रहेका ११ वटै जिल्लाबाट सुझाव संकलन गरेको थियो ।

जिल्लाबाट आएका सुझावहरुमा पनि प्रदेशको नाम गण्डकी राख्नुपर्ने पहिलो प्राथमिकतामा थियो भने दोस्रोमा तमुवान मगराँत राख्नुपर्ने सुझाव आएको समितिका सदस्य धनञ्जय दवाडीले जानकारी दिए ।
युवराज श्रेष्ठ, पोखरा

प्रतिकृया दिनुहोस