समाचारशुक्रवार, आषाढ २२, २०७५

मुस्ताङमा टिप्पर दुर्घटना, १९ को मृत्यु

हिमालखबर

मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा टिप्पर दुर्घटना हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये गम्भीर अवस्थाका पाँच जनालाई हेलिकप्टरबाट पोखरा ल्याइएको र सामान्य घाइतेलाई स्थानीय अस्पतालमा उपचार भइरहेको मुस्ताङ प्रशासनले जानकारी दिएको छ ।  टिप्परमा ३१ जना मजदुर सवार थिए ।

तामाखोलामा सडक निर्माणमा काम गर्ने मजदुर स्याङबोचेमा खाना खाएर कार्यस्थलतर्फ जाँदै गर्दा बा २ क २२१९ नम्बरको टिप्पर सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।

मुस्ताङ प्रहरीका अनुसार हालसम्म १५ जनाको सनाखत भएको छ ।

मृतकहरुको नामावली

१ दाङ,  वर्ष ३० का बाल कुमार घर्ती

२ रोल्पा,  वर्ष २८ का सुकमान रोका

३ धादिङ, वर्ष २३ का सुजन घलान (चालक)

४. सिन्धुली,  वर्ष २० का जिवन माझी

५. कैलाली, वर्ष २२ का बिन्ती घर्ती

६. रोल्पा, वर्ष १९ का महेश रोका

७. कपिलवस्तु, वर्ष ३५ का कमान सिंह रोका

८. दाङ, वर्ष ३१ की कविता घ.म. (महिला)

९. रोल्पा, वर्ष ३२ का रामकुमार पुन

१० दाङ वर्ष ३५ का सुबेर चौधरी

११. कैलाली, वर्ष २३ की बिनिता घर्ती (महिला)

१२. दाङ, वर्ष ४३ की शान्ती थापा ( महिला )

१३. रोल्पा, वर्ष ३२ की सोन्तु घर्ती (महिला )

१४. स्याङ्जा, वर्ष २४ का कृष्ण क्षेत्री

१५. दाङ, वर्ष २५ का कमल बुढा

 


युवराज श्रेष्ठ, पोखरा

प्रतिकृया दिनुहोस