समाचारशुक्रवार, आषाढ २२, २०७५

प्रतिनिधिसभाको बैठक कांग्रेसले अवरुद्ध गरेपछि २५ गतेसम्मका लागि स्थगित

हिमालखबर

प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ । 

आमरण अनशरत डा गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्‌मा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै आजकै शुरुको बैठक कांग्रेसले अवरुद्ध गरेको थियो । त्यसपछि शुरु भएको दोस्रो बैठक पनि उसले अवरुद्ध गरेको हो । 

संसद्को बैठक शुरु हुनेबित्तिकै नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले सार्वजनिक महत्वको प्रस्तावलाई अर्को बैठकको कार्यसूचीमा ल्याउने जानकारी गराएका थिए । 

तर, नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले डा केसीको जीवनरक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता भएको हुँदा सो प्रस्तावलाई छलफलमा नल्याएसम्म बैठक चल्न नदिने जानकारी गराए । 

सभामुखको पटक पटकको आग्रहपछि पनि नेपाली कांग्रेसका सांसदहरु उठिरहेपछि बैठक सोमबार ३५ असारसम्मका लागि स्थगित भएको छ । 

संसद्को अर्को बैठक २५ असार दिनको १:०० बजे बस्नेछ । 

 

प्रतिकृया दिनुहोस