समाचारशुक्रवार, आषाढ २२, २०७५

डाक्टर केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसद्वारा प्रस्ताव दर्ता

हिमालखबर

नेपाली कांग्रेसले जुम्लामा अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

सांसद दिलेन्द्रप्रसाद बडूले दर्ता गराएको प्रस्तावको समर्थकमा पार्वता डिसी चौधरी र अतहर कमाल मुसलमान छन् ।

बडूले सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकमा यसअघिको अध्यादेशका सबै कुरा समेट्न र त्यसैका लागि अनशनरत डाक्टर केसीको जीवन रक्षा गर्न प्रस्ताव दर्ता गरिएको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस